१ जेठ, काठमाडौं । बार्सिलोनाबाट लोनमा डेपोर्टिभो अल्भेस गएका स्पेनिस फरवार्ड मुनिर एल हदादीको मोरक्कोको राष्ट्रिय टिमबाट खेल्ने सपनामा बन्देज लागेको छ । खेल मध्यस्थताका लागि न्याय दिने ‘द कोर्ट अफ अर्बिर्टेसन फर स्पोट’ (क्यास) ले मोरक्कोबाट खेल्ने उनको अपिल अस्वीकृत गरिदिएको हो ।
एउटा राष्ट्रिय टिमबाट खेलिसकेपछि दोहोरो नागरिकता नै भएपनि अर्को राष्ट्रिय टिममा जान फिफाको नियमले रोक्ने गर्दछ । २२ वर्षका मदादीले स्पेनको राष्ट्रिय टिमबाट जम्मा एक खेल खेलेका छन् । त्यो पनि जम्मा १५ मिनेट मात्रै ।
युरोपियन च्याम्पियनसिप छनोटमा सेप्टेम्बर २०१४ मा उनले म्यासेडोनियाविरुद्ध दोस्रो हाफको अन्तिम १५ मिनेट खेलेका थिए । ‘मुनिर एल हदादीको स्पेनबाट मोरक्कोको राष्ट्रिय टिममा जाने अपिल अस्वीकार गरिएको छ’ अन्य कुनै भूमिका र ब्याख्याबिना नै क्यासको बयानमा भनिएको छ ।
हदादीले मोरक्कन फुटबल फेडेरेसनसँगै आउँदो रसिया विश्वकपमा लागि खेल्न अपिल गरेका थिए ।
मोरक्कन बाबुका सन्तान हदादी स्पेनमा जन्मिएका हुन् । उनले बार्सिलोनाको युथ एकडेमीमा सिकेर त्यहीँबाट व्यावसायिक फुटबल सुरु गरेका थिए ।
प्रतिक्रिया 4