Comments Add Comment

विश्वकप जिताउने गोट्जे परेनन् जर्मन टिममा

१ जेठ, काठमाडौं । सन् २०१४ को विश्वकप जिताउने खेलाडी मारियो गोट्जे २८ दिनपछि रसियामा सुरु हुने विश्वकप खेल्ने जर्मन टोलीमा अटाउन सकेनन् ।

जर्मनीले घोषणा गरेको २७ सदस्यीय प्रारम्भिक टोलीमा चोटग्रस्त रहेका गोलकिपर म्यानुअल नेउर भने अटाएका छन् । क्लब फुटबलमा बार्यन म्युनिखबाट खेल्ने उनको गोडा गएको सेप्टेम्बरमा भाँचिएको थियो ।

यस्तै जर्मनीले आˆना प्रशिक्षक योआचिम लोको सम्झौता सन् २०२२ सम्मका लागि बढाएको छ ।

जुन ४ तारेख सम्ममा सबै देशले आफ्नो २३ सदस्यीय टोलीको नाम घोषणा गरिसक्नु पर्नेछ । रसियामा हुन विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ । जर्मनी मेक्सिको, दक्षिण कोरिया र स्वीडेनसँगै समूह ‘एफ’ मा रहेको छ ।

को को परे प्रारम्भिक टोलीमा ?

गोलकिपर: बन्ड लेनो, म्यानुअल नेउर, मार्क आन्द्रे टेर स्टेगेन, केभिन ट्रयाप

डिफेन्डरः जेरोम बोयटेङ, म्याथिहास गिन्टर, जोनास हेक्टर, माट्स हुमेल्स, ओसुआ किमिच, मार्भिन प्लाटेनहार्ट, एन्टोनियो रुडिगर, निकालस सुले, जोनाथन ताह

मिडफिल्डरः जुलियन ब्राण्ड्ट, जुलियन ड्राक्सलर, लियोन गोरेत्स्का, इल्याकि गुण्डोगान, सामी केडिरा, टोनी क्रुस, मेसट ओजिल, सेबास्टियन रुडी, लेरोय साने

स्ट्राइकरः मारियो गोमेज, थोमस मुलर, निल्स पिटरसन, मार्को रिउस, टिमो वेर्नर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment