+
+
Shares

‘छक्का पन्जा ३’ मा दीपक र दीपिकाको यस्तो गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते १२:०२


शुक्रबारदेखि चलचित्र ‘छक्का पन्जा ३’को छायांकन सुरु भएको थियो । छायांकन सुरु भएको केही दिनमै विभिन्न लोकेशनका दृश्य कैद गरिएको छ । चित्लाङ र दमौलीमा चलचित्रको छायांकन गरेर यसको छायांकन टोली आज बाग्लुङतर्फ लागेको छ ।

निर्देशक दीपाश्री निरौलाका अनुसार अब बाग्लुङ र त्यसपछि पोखरामा चलचित्रको छायांकन हुनेछ । चलचित्रको छायांकन सेटमा अहिले मुख्य कलाकार दीपकराज गिरी र नायिका दीपिका प्रसाइको दृश्य कैद गरिएको छ । यसपटक, दर्शकले फरक-फरक लोकेशन हेर्न पाउनेछन् ।

छायांकन सेटबाट प्राप्त केही तस्बिरमा, चलचित्रका दीपिका आधुनिक यूवतीको भूमिकामा देखिएकी छिन् भने दीपक ‘राजा’कै भूमिकामा देखिएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले यसपटक सामाजिक कथावस्तुलाई नै उठान गर्ने निर्माणपक्षले बताएको छ । दशैको फूलपातिबाट रिलिज गर्ने तयारीका साथ धमाधम चलचित्रको छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?