Comments Add Comment

पशुपति सामुदायिक वन फडानी बारे छानविन गर्न समिति गठन

२ जेठ विराटनगर । जिल्ला वन कार्यालय मोरङले पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन कार्यालयको मिलोमतोमा अनाधिकृत रुपमा सालका लकडी कटान गरिएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

जंगल क्षेत्रबाट अनाधिकृत रुपमा रुख कटान गरी घाट गद्धीमा राखिएको करिब ५५ लाख मूल्य बराबरको सखुवाको काठको बिषयमा मंगलबार समाचार सार्बजनिक भएको थियो । त्यस लगतै जिल्ला वन कार्यालयले छानबिन टोली गठन गरेको हो ।

सेक्टर वन कायर्नलयका बेलबारीका प्रमुख सहायक वन अधिकृत शत्रुधन देवको संयोजनत्वमा छानविन समिति गठन गरी छानवीन टोलीले बुधबारदेखि आफनो काम सुरु गरेको छ ।

जिल्ला वन अधिकृत डा विनोद देवकोटाले छानविन टोलीले उक्त सामुदायक वनको घाटगद्वीमा राखिएको सम्पूर्ण लकडी, जंगलमा कटान सुरु गरिएको पनि लगत लिने काम गर्नेछ ।

यथाशीघ्र प्रतिवेदन बुझाउन गरी गठन गरिएको छानवीन समितिमा जिल्ला वन कार्यालका सहायक वन अधिकृत सरोजकुमारी कोइराला र कार्यालयका प्रशासक रोहित नेपाल रहेका छन ।

छानविन समितिले यथाशीघ्र प्रतिवेदन कार्यालयलाई बुझाएपछि उनीहरुलाई प्रचलित वन ऐन अनुसार कारबाही गरिने जिल्ला वन अधिकृत देवकोटाले बताए ।

सामुदायिक वनका पदाधिकारीले रुख कटानको लागि आवश्य प्रकृया पुरा गरेको देखिदैन उनले भने, ‘जिल्ला वन कार्यालयको विना अनुमति रुख कटान गर्नु अवैधानिक हो ।’

पथरीशनिश्चरे नगरपालिका-१० स्थित पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन म.गलबारेमो मिलोमतोमा वन क्षेत्रबाट सालका लकडी कटान गरेको समाचा मंगलबार सार्वजनिक भएको थियो ।

वन क्षेत्रबाट रुख कटानका लागि सेक्टर वन कार्यालयबाट सिफारिस लिएको भएपनि जिल्ला वन कार्यालय विना अनुमतिमा रुख कटान गरिएको थियो ।

सेक्टर वनले १८ सय ४२ किवी लकडीका लागि सामुदायिक वनलाई रुख कटानको लागि अनुमति दिएको पाइएको थियो ।

सामुदायिक वन क्षेत्रमा समेत रुख कटानका लागि वन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला वन कार्यालयलले अनुमति दिनुपर्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment