Comments Add Comment

तोकियो ए डिभिजन लिगको मिति, ४ महिना चल्ने

२ जेठ, काठमाडौं । गएको चार वर्षदेखि हुन नसकेको शहीद स्माकर ए डिभिजन लिग फुटबलको मिति तय भएको छ ।

एन्फाका अनुसार आगामी असोज १३ गतेदेखि माघ १६ गतेसम्म लिग सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीका अध्यक्ष विज्ञान राज शर्माले क्लबहरुसँग छलफल गरेर मिति तोकेका हुन् ।

लिगमा १४ क्लबको सहभागिता रहनेछ । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी, जावलाखेल युथ, फ्रेण्डस्, संकटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्यू रोड टिम (एनआरटी), बिग्रड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् ।

क्लबले कम्तिमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउने छन् ।

जसमा ४ जना विदेशी खेलाडी राख्न पाउने नियम छ । खेलका क्रममा तीन जना विदेशी खेलाडी राख्न पाउने लिग कमिटीले जनाएको छ ।

लिग कमिटीका अध्यक्ष विज्ञान राज शर्माका अनुसार लिगका अन्य पक्षका बारेमा छलफल भइरहेको छ । कति खेल खेलाउने ? कसरी खेलाउने ? पुरस्कार के हुने ? जस्ता विषय टुंगिन बाँकी रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment