Comments Add Comment

मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा गर्व छः प्रचण्ड

'एमाले-माओवादी एकता मदन-आश्रितप्रति सच्चा श्रद्धाञ्जली'

३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् ।

उनले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।

२५ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’

आज नयाँ प्रक्रिया शुरु गर्न लागेको बताउँदै प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुनेछ ।’

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । मदन-आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएकाे यो पहिलाे पटक हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment