Comments Add Comment

संघीयतालाई धरापमा पार्ने खेल भइरहेको छः उपेन्द्र यादव

'पञ्चायतलाई र प्रदेशलाई दिइएको अधिकार उस्तै'

३ जेठ, विराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले केन्दि्रकृत शासन प्रणाली लादेर संघीयतालाई धरापमा पार्ने खेल भइरहेको बताएका छन् ।

उनले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार गठन भएपनि संघीयतको मूल मर्मअनुसार अधिकार नदिएका कारण संघीयता घरापमा परेको उनको भनाइ छ ।

बिहीबा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘संघीयताले सिंहदरवारको अधिकार गाउँ-गाउँमा पुर्‍याउने हो, सिंहदरवारको अधिकार बालुवाटार सार्ने होइन ।’

उनले प्रदेश सरकारलाई दिइएको अधिकार, स्रोत साधन र पहिलो जिल्ला पञ्चायतलाई दिइएको स्रोत साधन उस्तै रहेको टिप्पणी गरे पनि गरे ।

अर्को एक प्रसंगमा अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रणका क्रममा दुई नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले राखेको अभिव्यक्ति देशभक्ति भएको जिकिर गरे । उनले आफ्नो प्रदेशमा भएको राजनीतिक विभेद, असमानता वस्तुस्थितिबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनु स्वभाविक भएको उनको भनाइ थियो ।

अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भम्रणका क्रममा केन्द्र सरकारको तर्फबाट भने उल्टै धेरै गल्ति कमजोरी भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment