Comments Add Comment

नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि ओली र प्रचण्डले दिए निवेदन, नाममा अण्डरलाइन


३ जेठ, काठमाडौं । पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

त्यसका लागि पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु आयोग पुगेका थिए ।

दुई दलबीच एकीकृत पार्टीेकको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका छन् ।

तर, निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता छ । त्यसैले दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment