+
+
Shares

नेकपा कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र जारी, तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३ गते १८:३६

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

स्रोतका अनुसार एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनसमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?