Comments Add Comment

आईपीएलः हैदरावादलाई हराउँदै बैंग्लोर पाँचौं स्थानमा

४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ। यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ ।

२१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले ६२ रन बनाए । विलियम्सनले यस सिजनमा बनाएको यो आठौं अर्धशतक हो ।

यसअघि चिन्नास्वामी मैदानमा टस हारेर व्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । एबी डिभिलियर्सले ६९ र मोइन अलीले ६५ रन योगदान गरे । मोइन अलीले आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाए । एबी डिभिलियर्स प्लेयर अफ दि म्याच भए ।

यो जितसँगै विराट कोहली नेतृत्वको बैंग्लोरले १३ खेलमा १२ रंक बटुल्न सफल भएको छ । यसैगरी हैदरावाद १८ अंकसहित पहिलो स्थानमा कायमै छ ।

बैंगलोरलाई प्ले अफमा रहनका लागि यो म्याच जित्नै पर्ने दबाव थियो ।

विजय लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुआती राम्रो थियो । एलैक्स हेल्स र शिखर धवनले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे । त्यसपछि हेल्स ३७ र धवन १८ रन बनाएर आउट भए । त्यसपछि विलियम्सन र मनिष पाण्डेले १३५ रनको साझेदारी गरे । त्यस क्रममा हैदरावादले आफ्नो सबैभन्दा ठूलो स्कोर बनाउन सफल भयो । उसले यसअघि सन् २०१७ मा फिरोजशाह कोताला मैदानमा १९१ रन बनाएको थियो ।

टस हारेर ब्याटिङ थालेको बैंग्लोरको शुरुआती राम्रो रहेन । पहिलो ओभरमै उसले विकेट गुमायो । पार्थिव पटेललाई १ रनमा सन्दीप शर्माले आउट गरे । त्यसपछि राशिद खानले कप्तान विराट कोहलीलाई ८ रनमा बोल्ड गरे । मन्दिप सिंह पनि ४ रन मात्रै बनाएर आउट भए ।

एबी डिभिलियर्स र मोइन अलीले बासिल थम्पीको पहिलो ओभरमा १९ रन बनाए । डिभिलियर्सले थम्पीको दोस्रो ओभरमा १०५ मिटर टाढा छक्का प्रहार गरे । बल मैदान बाहिर पुग्यो । कालिन डी ग्राण्डहोमले १७ बलमा ४० रन बनाए ।

बासिल थम्पीले ४ ओभरमा ७० रन दिए तर कुनै विकेट झार्न सकेनन् । उनी महंगा सावित भए । टी–२० इतिहासमा भारतका सबैभन्दा महंगो बलर बनेका छन् उनी ।

यसअघि बैंगलोरका श्रीनाथ अरविन्दले सन् २०११ मा ६९ रन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment