Comments Add Comment

थम्पी बने भारतको टी–२० इतिहासकै महंगा बलर


४ जेठ, काठमाडौं । सनराइजर्स हैदरावादका बासिल थम्पी भारतको टी–ट्वान्टी इतिहासमै सबैभन्दा महंगा बलर बनेका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा उनले सबैभन्दा धेरै रन खर्चिएका छन् ।

उनले ४ ओभरमा ७० रन दिए तर कुनै विकेट झार्न सकेनन् । उनी भारतको टी–ट्वान्टी इतिहासकै सबैभन्दा महंगा बलर सावित भएका छन् ।

यसअघि बैंगलोरका श्रीनाथ अरविन्दले सन् २०११ मा ६९ रन दिएका थिए ।

यो खेलमा च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ । जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment