Comments Add Comment

आफ्नै जिब्रो काटेर मन्दिरमा चढाइन् यी महिलाले


हिन्दु धर्मग्रन्धमा एकलब्यले गुरु द्रोणाचार्यलाई आफ्नो औँला काटेर गुरु दक्षिणा दिएको त सुनिएको थियो । तर एकलब्यलाई पछि पार्दै भारतकी एक महिलाले आफ्नो जिब्रो काटेर मन्दिरमा चढाएकी छिन् ।

भारतको मध्यप्रदेशमा यो घटना भएको हो । आफुलाई दुर्गा देवीकी भक्त दाबी गर्ने गुड्डी तोमार नामकी महिलाले गत बुधबार आफ्नो जिब्रो काटेर दुर्गा मन्दिरमा चढाएको प्रहरीले जनाएको छ ।

मध्यप्रदेशको तार्सामा गाउँमा रहेको बिजासेन माताको मन्दिरमा उनले आफ्नो जिब्रो काटेर चढाएकी हुन् । जिब्रो काटेर मन्दिरमा चढाएसँगै ती महिला बेहोस भएर लडेको बताइएको छ ।

त्यसपछि मन्दिरमा रहेका भक्तजनहरुले उनलाई त्यहाँबाट उठाएर स्थानीय अस्पतालमा पूराएका थिए । अस्पतालमा उनको उपचार भैरहेको छ ।

ती महिलाले भगवानप्रतिको विश्वास तथा आस्थाकै कारण स्वेच्छाले जिब्रो काटेको पुलिसले जनाएको छ ।

महिलाका पति रवी तोमारका अनुसार उनकी पत्नीले बिहे भएदेखि नै हरेक दिन बिहान र बेलुकी दुर्गा मन्दिरको दर्शन गर्ने गर्थिन् ।

श्रीमती दुर्गादेवीको भक्त रहेको र दिउसो मन्दिरमा पुजा गरिरहेको अवस्थामा अकस्मात् आफ्नो जिब्रो काटेर देवीलाई चढाएको उनले बताए ।

टाइम्स अफ इण्डियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment