+
+

दार्चुलामा सार्वजनिक अपराधका घटना बढे, जबरजस्तीकरणीका मुद्दा दोब्बरले बृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते ११:५७

४ जेठ, दार्चुला । दार्चुला जिल्लामा सार्वजनिक अपराधका घट्ना वर्षैपिच्छे बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार ४ वर्षको अबधिमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा दर्ता भएको घट्नाको संख्या हेर्दा वर्षेनी सार्वजनिक अपराधका घट्ना बढ्दै गएको देेखिएको हो ।

आर्थिक वर्ष ०७१/७२ देखि चालु आर्थिक वर्षसम्म आइपुग्दा दार्चुलामा २८ वटा सार्वजनिक मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

०७१/७२ मा विभिन्न प्रकृतिका ५ वटा, ०७२/७३ मा ६ वटा, ०७३/७४ मा ७ वटा सार्वजनिक मुद्दाका दार्ता भएका थिए ।

यो तीन वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कलाई हेर्दा वर्षेनी यस्ता अपराधहरुका घट्नाहरु बढेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म १० वटा सार्वजनिक मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।

चार वर्षको अवधिलाई हेर्दा दार्चुलामा ३ वर्षमा क्रमिकरुपमा बृद्धि भएका घट्नाहरु यो वर्ष भने ०७१/०७२ को तुलनामा दोब्बरले बृद्धि भएको छ ।

०७१/७२ मा ५ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए भने ०७४/०७५ मा आइपुग्दा दोब्बरले बृद्धि भइ १० वटा पुगेका छन् ।

चालु आर्थिक वर्षको सकिन अझै २ महिना बाँकी रहेकाले छ । सार्वजनिक अपराध अन्तरगत यो वर्ष मात्रै दार्चुलामा ३४ जनालाई पक्राउ गरिएको डीएसपी शाहीले बताए ।

जबरजस्तीकरणीका मुद्दा दोब्बर बृद्धि

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क हेर्दा जबरजस्ती सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएका छन् ।

आर्थिक वर्ष ०७१/७२ देखि चालु आर्थिक वर्षको समयावधिमा दर्ता भएका मुद्दाहरुको संख्या हेर्दा जबरजस्ती सम्बन्धीका घट्नाहरु बढ्दै गएको देखिन्छ ।

जबरजस्तीकरणी तथा जबरजस्ती उद्योगका मुद्दाहरु ०७१/७२ मा ४ वटा, ०७२/७३ र ०७३/७४ मा समान ३/३ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

दुई वर्ष स्थिर रहेको जबरजस्तीकरणी तथा उद्योगका घट्ना चालु आर्थिक वर्षको १० महिनामै गत वर्षको भन्दा दोब्बरले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अन्तरालमा जवरजस्तीकरणीका २ वटा र उद्योग अन्तरगत ४ वटा गरी ६ मुद्दा दर्ता भएका छन् ।

यस्ता मुद्दाहरु बढ्नु प्रहरीको सक्रियता बढेको देखिने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । ग्रामीण क्षेत्रतिर जबरजस्तीकरणीका घटनाहरु मिलाउने र प्रहरीसम्म कमै मात्रामा आइपुग्ने गरेकोमा अहिले कानुनी ज्ञान बृद्धि हुदै गएकाले यस्ता उजुरीहरु बढेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?