+
+

कांग्रेसलाई ओलीको जवाफः हामीलाई घमण्ड गर्ने फुर्सद छैन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ५ गते १८:५६


५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई दमन नगर्ने बताएका छन् । नेकपा देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको भन्दै उनले नआत्तिन कांग्रेसलाई आग्रह गरे ।

एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेपछि शनिबार बसेको पहिलो संसदीय दलको बैठकमा ओलीले भने, कांग्रेस आत्तिनु पर्दैन । हाम्रो शक्तिलाई देश बनाउन प्रयोग गर्छौं, विपक्षीलाई दमन गर्न होइन ।’

आफूहरु घमण्डी हुन्छन् कि भन्न चिन्ता नगर्न पनि आग्रह गरे । नेकपाका अध्यक्ष ओलीले भने, ‘हामी घन्मण्डी हुन्छौं कि भन्ने चिन्ता विपक्षीलाई लाग्न थालेछ । तर, देश बनाउन यति ठूलो भारी बोकेर हिँडेका छौं, कसलाई घमण्ड गर्ने फुर्सद ।’

उनले देश र जनताको हितमा आवश्यक परे संविधान संशोधन गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन जनतालाई अधिकार सम्पन्न बनाउनका लागि गर्ने हो । कुन धाराले अधिकार दिएर, त्यो हेनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?