Comments Add Comment

मनिषाको नयाँ हिन्दी फिल्म ‘लस्ट स्टोरी’ को यस्तो छ ट्रेलर

नेपालकी अभिनेत्री मनिषा कोइरालाले अभिनय गरेको अर्को बलिउड फिल्मको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म हो ‘लस्ट स्टोरी’ ।

थुप्रै स्टारहरुको भिड रहेको फिल्ममा मनिषा भने छायामा परेकी छिन् । उनले फिल्ममा एक अधवैंशे महिलाको भूमिका निभाएकी छिन् जो आफ्नो श्रीमानको आँखा छलेर परपुरुषसँग अफेयरमा हुन्छिन् ।

यो फिल्मको कथामा चार भाग छन्, जसलाई चार जना निर्देशकले निर्देशन गरिरहेका छन् । यसमा करण जौहर अनुराग कश्यम जोया अख्तर र दिबाकर बेनर्जिले निर्देशन गरेका हुन् । मनिषा र सञ्जय कपुरको कथालाई दिबाकर बेनर्जीले निर्देशन गरेका छन् ।

फिल्ममा राधिका आप्टे, भूमि, पेडणेकर, विक्की कौशल, कियारा आडवानी, नेहा धुपिया जस्ता स्टारहरु छन् । ट्रेलर हेर्दा मनिषाले यो फिल्मबाट खासै आशा राख्ने ठाउँ भने देखिँदैन ।

पाँच वर्ष अगाडि यी सबै निर्देशकहरु मिलेर ‘बम्बे टाकिज’ निर्देशन गरेका थिए । फिल्मलाई समिक्षकहरुले त मन पराए तर, बक्स अफिसमा भने कुनै कमाल गर्न सकेन ।

मनिषाको कुरा गर्दा उनले अभिय गरेको फिल्म ‘सञ्जु’ प्रदर्शनको तयारीमा छ । अभिनेता सञ्जय दत्तको वास्तविक जीवनमा आधारित बायोपिकमा मनिषाले सञ्जयकी आमा नरगिसको भूमिका निभाएकी छिन् । हिरोइनका रुपमा अवसर नपाए पनि मनिषाले चरित्र अभिनेत्रीका रुपमा बलिउडमा आफूलाई पुनस्र्थापित गराउन प्रयास गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment