Comments Add Comment

जनप्रतिनिधिले सुविधामा मात्र ध्यान दिए जनमतको अपमान : मुख्यमन्त्री पौडेल


७ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढी भएकाले जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।

जनताको मतबाट विजयी जनप्रतिनिधिले सेवा सुविधामात्रै ध्यान दिए मतको अपमान हुनेतर्फ सचेत गराउँदै पौडेलले सेवा सुविधामा अल्भिmएर जनताको काम नभुल्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा सोमबार हेटौंडामा सुरु भएको प्रदेश समन्वय परिषद् बैठकमा उनले जनताले स्थानीय तहमा सरकारको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए ।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले विकास र समृद्धिको अभियानमा एकसाथ भएर अघि बढनुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्ऽबहादुर बानियाँले सरकारले सिन्डिकेट अन्त्यको नाउँमा संघसस्था नवीकरण नगर्दा ठूलो समस्या भएको बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले समृद्ध प्रदेश निर्माणमा आआफ्नो ठाउँबाट भूमिका खेल्ने बताएका छन् । दुई दिने कार्यक्रममा प्रदेशका १३ जिल्ला समन्वय समिति र १ सय १९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखगरी दुईसय ५० जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment