Comments Add Comment

१२ वर्षपछि यो टापुमा जन्मियो बच्चा


ब्राजिलमा एउटा टापु छ, फेर्नादो डी नोरोन्या । उक्त टापुमा विगत १२ वर्षदेखि कुनै पनि बच्चा जन्मिएको थिएन । तर गत हप्ता चाहिँ त्यहाँ एकजना बच्चा जन्मिएर परम्परा तोडिएको छ ।

उक्त टापुमा बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । जसका कारण त्यहाँ पछिल्ला १२ वर्षदेखि बच्चा जन्माइएको थिएन । सोही कारण उक्त टापुमा रहेको अस्पतालमा पनि प्रसूति वार्ड रहेको छैन । जसका कारण गर्भवती महिलालाई बच्चा जन्माउनका लागि टापु बाहिरको क्षेत्रको अस्पतालमा लग्ने गरिएको थियो । यो टापु ब्राजिलको अर्को सहर नतालबाट ३७० किलोमिटर टाढा रहेको छ ।

उक्त टापुमा झण्डै ३ हजार मानिसको बसोबास रहेको छ । धार्मिक मान्यताका त्यहाँका बासिन्दाहरुलाई टापुभित्र बच्चा जन्माउने अनुमति छैन । तर गत शुक्रबार राति एकजना महिलाले त्यहाँ बच्चा जन्माइन् । यद्यपि, उनले आफ्नो पहिचान चाहिँ खुलाएकी छैनन् । रोचक त के भने उनलाई आफु गर्भवती भएको पनि थाहा रहेनछ । शुक्रबार राति एक्कासि पेट दुखेपछि आफू बाथरुम गएको र त्यसपछि आफूलाई प्रसव व्यथा लागेर बच्चा जन्मिएको उनको भनाइ छ । । त्यसपछि बाथरुममै उनका पति आएर बच्चा र आमालाई उठाए ।

बच्चा जन्मिसकेपछि आमा र बच्चालाई स्थानीय अस्पतालमा लगियो । उक्त घटनापछि उक्त टापुमा बच्चा जन्मिनका लागि लागेको अघोषित प्रतिबन्ध हटेको बताइएको छ । जसका कारण मानिसहरुले उत्सव मनाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment