Comments Add Comment

समूह बिजेता बन्दै रूपन्देही-११ केपीएलको सेमिफाइनलमा

९ जेठ,  काठमाडाैं । रुपन्देही-११ कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’ को विजेता बन्दै रुपन्देही-११ सेमिफाइनलमा पुगेको हो । यो सेमिफाइनलमा पुग्ने पहिलो टिम हो ।

बुधबार भएको दोस्रो खेलमा रुपन्देही-११ ले महाकाली कि्रकेट क्लवलाई १०४ रनको विशाल अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।

बलिङतर्फ महाकालिका हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिए ।

टस जितेर व्याटिङ गरेको रुपन्देही-११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०९ रन बनाएको थियो ।

निश्चल चौधरीले ५१ बलमा ६ चौका ६ छक्काको प्रहार गर्दै सर्वाधिक ८५ रन जोडे । यस्तै शक्ति गौचनले अविजित ४२ रन बनाएका थिए ।

२१० रनको लक्ष्य पछ्याएको महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्र जोडेको थियो ।

रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दीप सुनार र विक्रम भुसालले समान १/१ विकेट लिए ।

प्लेयर अफ द म्याच निश्चल चौधरी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment