Comments Add Comment

जान्भीको रवैया ठ्याक्कै श्रीदेवीको जस्तो


दिवंगत बलिउड अभिनेत्री श्रीदेवीका दुई छोरीमध्ये जेठी हुन् जान्भी । उनी अहिले आफ्नो डेब्यू फिल्म ‘धडक’ को पोस्ट प्रोडक्सनमा व्यस्त छिन् ।

आमाको मृत्यू भएका १० औं दिनमा नै जान्भी फिल्मको सुटिङमा फर्केकी थिइन् । मनमा अथाह पीडा साँचेर पनि बाहिर हास्न सक्ने उनको स्वभाव ठ्याक्कै आमासँग मिल्दोरहेछ । श्रीदेवी पनि मनको कुरा बाहिर देखाउँदिनथिइन् ।

फिल्मका निर्देशक शशांक खेतान भन्छन्, ‘जान्भी दुरुस्त आमाको कार्वन कपी छिन् । उनको रुपरंग, चालढाल र बानीव्यहोरा सबै श्रीदेवीसँग मिल्छ ।’

श्रीदेवी सुटिङ स्पटमा नयाँ मानिसहरुसँग ठाढै बस्थिन् । कोहीसँग पनि तुरुन्तै नजिक हुन्न थिइन् । यो स्वभाव जान्भीमा पनि देखिएको शशांक बताउँछन् । यसका साथै आफ्नो भित्री कुराहरु कसैसँग नखोल्ने स्वभाव पनि उनको आमाको जस्तै छ ।

कामप्रतिको लगावमा पनि जान्भी आमाभन्दा कम छैनन् । उनी हरेक दिनको सुटिङका लागि पूर्वतयारी गरेर आउने गर्थिन्, जुन बानी श्रीदेवीको थियो ।

श्रीदेवीलाई अहिले भारतीय मिडियाहरुले खुबै पछ्याइरहेका छन् । फिल्ममा आउनुभन्दा अगाडिदेखि नै उनी स्टार किड्सका रुपमा चर्चित थिइन् । फिल्म खेल्न थालेपछि त चर्चा बढ्ने नै भयो । बलिउडमा उनको करिअर कति माथि पुग्ला भन्ने चाहिँ पहिलो फिल्म धडक नआइकन भन्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment