+
+

नारायणगढको फुटपाथ हटाउने महानगरको भाका फेरि सर्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १० गते ११:०७


१० जेठ, चितवन । नारायणगढको फुटपाथ हटाउने भरतपुर महानगरपालिकाको यसअघिको भाको पुनः सरेको छ ।

यसअघि गत फागुन १४ गते भरतपुर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक साताभित्र नारायणगढको फुटपाथ व्यवसाय हटाउने घोषणा गरेका थिए । तर घोषणाको ३ महिनापछि पुनः महानगरले अर्को भाका राखेको छ ।

महानगरको यही दोहोरो मापदण्डका कारण फुटपाथको व्यवसाय हटाउन समस्या बन्दै आएको छ । विगतमा जनप्रतिनिधि नभएको बाहना बनाउँदै फुटपाथबारे कुनै निर्णय नगरिएकाेमा जनप्रतिनिधि आएको एक वर्ष पुग्न लाग्दा पनि ठास प्रगति हासिल हुन सकेकाे छैन ।

यसअघिको भाका कार्यान्वयन नगरेकाे महानगरपालिकाले यही जेठ १४ गतेबाट बजार क्षेत्रका सबै फुटपाथ व्यवसायलाई हटाउने घाेषणा गरेकाे छ ।

पूर्व–पश्चिम राजमार्गको मूल सडकमा नै नारायणगढ बजार पर्दछ । सोही कारणले गर्दा यहाँको बजार र ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै आएको छ । सडकपेटीलाई पार्किङ गर्ने स्थान तोकिएको छ । त्यही नै ठेलाको व्यापार पनि हुन्छ । बजारका व्यापारीहरुले समेत सटर अगाडि पेटीसम्म नै सामान राखेर व्यापार गर्दै आएका छन् । भरतपुर महानगरपालिकाले बजारको लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्मसम्म फुटपाथमा व्यवसाय गर्न रोक लगाएको जनाएको छ । यस्तो ब्यापार गर्न महानगरले बालकुमारी कन्या माविको खाली जग्गाको व्यवस्था मिलाएको जनाएको छ ।

नारायणगढ बजार क्षेत्र र भरतपुरको मुख्य बजार क्षेत्रमा व्यापारीलाई पसल अगाडि पेटी अतिक्रमण गरेर सामान वेच्न समेत रोक लगाउने निर्णय महानगरले गरेको छ । अटेर गरी सामान राखेको पाइएमा जफत गर्ने तयारी महानगरको छ । महानगरपालिकामा जननिर्वाचित प्रतिनिधि आएको एक बर्ष हुनै लाग्दा यो घोषणा कार्यान्वयन भए जनप्रतिनिधिको पहिलो महत्त्वपूर्ण कामका रुपमा दर्ज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?