Comments Add Comment

ओली सरकार सर्वसत्तावाद लागू गर्न उद्दत : कमल थापा


१० जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको आरोप लगाएका छन् ।

सरकार विपक्षीहरु असहिष्णु हुनु यसको प्रमाण भएको उनले बताए । राष्ट्रियताको पक्षमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा शंका पैदा भएको बताए ।

बिहीबार राजधानीमा भएको कार्यक्रममा थापाले भने, ‘निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछ ।’

आवरण भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने उनको दाबी छ । अब मिडिया पनि निशानामा पर्न सक्ने उनको आशंका छ ।

संविधानलाई स्वागत नगरेको नाकाबन्दी लगाएको भारतका प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने तर, नागरिक अभिनन्दन गर्न नहुने पूर्वउपप्रधानमन्त्री थापाले धारणा राखे ।

उनले भने, ‘सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको आर्शिवाद चाहिन्छ भन्ने विगतको आत्मसमर्पणवादी मानसिकता केपी ओलीमा पनि देखिन थालेको त होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment