Comments Add Comment

बिराट कोहलीको फिटनेस च्यालेन्जमा अनुष्काको यस्तो जवाफ

भारतमा यतिबेला सेलिब्रिटीहरुबीच ‘फिटनेस च्यालेन्ज’ को ट्रेन्ड सुरु भएको छ । उनीहरुले आफूले गरेका फिटनेस गतिविधिको भिडियो अपलोड गर्दै अन्यलाई च्यालेन्ज दिइरहेका छन् ।

यसै क्रममा क्रिकेटर बिराट कोहलीले आफ्नी पत्नी अनुष्का शर्मालाई च्यालेन्ज गरेका थिए । अनुष्काले यसलाई स्वीकार गर्दै आफ्नो टि्वटर ह्यान्डलबाट एउटा भिडियो टि्वट गरेकी छन् ।

भिडियोमा अनुष्का भन्छिन्, ‘हे बेब्स, तिम्रो फिटनेस च्यालेन्ज स्वीकार गर्छु र अब म तपाईंहरुलाई देखाउन गइरहेकी छु आफ्नो मन पर्ने वर्कआउट । आशा छ तपाईं पनि यो ट्राई गर्नुहुनेछ ।’

बिराट कोहलीले बुधबार केन्दि्रय मन्त्री राज्यवर्द्धन सिंह राठौरको फिटनेस च्यालेन्ज स्वीकार गरेका थिए र एउटा भिडियो टि्वट गरेका थिए । साथै उनले अनुष्कासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्रिकेटर महेन्द्र सिंह धोनीलाई च्यालेन्ज गरेका थिए ।

मोदीले च्यालेन्ज स्वीकार गरेका छन् र चाँडै भिडियो पोष्ट गर्ने बताएका छन् । धोनीले भने कुनै जवाफ दिएका छैनन् ।

यता अनुष्काले अभिनेता वरुण धवन र स्क्वेस खेलाडी दीपिका पल्लीकललाई च्यालेन्ज गरेकी छिन् । उनीहरुले जवाफ दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment