Comments Add Comment

वर्थ डे मनाउने शैलीको विरोधमा अमिताभको टि्वट

भारतीय अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी फिल्म क्षेत्रका विषयमा त लेख्छन् नै सामाजिक मुद्दाहरुमा पनि बेलाबखत बहस चलाउँछन् ।

हालै अमिताभले गरेको टि्वट निकै चर्चित भइरहेको छ । उनले जन्मदिन मनाउने पश्चिमा शैलीमाथि आक्रमण गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘अंग्रेजहरुले ह्याप्पी बर्थ डेको प्रथा छोडेर गए, र, अहिलेसम्म हामी त्यसैको गुलाम छौं ।’

अर्को टि्वटमा उनले ‘ह्याप्पी बर्थ ड् टु यू’ गीतको ठाउँमा आफ्नै देशको गीत गाउनुपर्ने उल्लेख गरेका छन् । अमिताभको टि्वटलाई धेरैले समर्थन पनि गरेका छन् । एक व्यक्तिले लेखेका छन्, ‘जन्मदिनमा केक होइन, खीर पकाएर खानुपर्छ ।’ यसैगरी अर्का व्यक्तिले भजन-किर्तन गरेर जन्मदिन मनाउनुपर्ने मान्यता राखेका छन् ।

यद्यपि, अमिताभकै परिवारमा पनि अहिलेसम्म पाश्चात्य शैलीमा नै जन्मादिन मनाउने गरिएको छ । कतिपयले उनलाई पहिलो यो कुरा आफूमा लागू गर्न अनि मात्र अरुलाई उपदेश दिन सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment