Comments Add Comment

सलोन र आमेषले कलाकार छान्ने


नायक सलोन बस्नेत र आमेष भण्डारीले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’का लागि देशभरका प्रतिभालाई छनोट गर्ने भएका छन् । यसअगाडि ‘मोनाली ठाकुर लाइफ इन नेपाल’ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । यो टिममा सलोन र आमेषको साथमा यूविका श्रेष्ठ र रविन कँडेल छन् ।

नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा करिअर बनाउन चाहनेहरुका लागि यो अवसर प्रदान गर्न लागिएको हो । असारबाट अडिसन सुरु हुने यो प्रतियोगीताका लागि देशभरका आठ शहरमा अडिसन गरिनेछ । काठमाण्डौसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौडा र विराटनगरमा अडिसन हुनेछ ।

बिजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप गरि हरेक शहरबाट ६-६ जनाले यो प्रतियोगीतामा भाग लिने पाउनेछन् । आठ वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक समेत पाउनेछन् । यस्तै, दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’का विजेताले नेपाली चलचित्रमा ब्रेक पाउनेछन् ।

प्रतियोगीतामा सहभागी हुनका लागि १६ खेखि २४ बर्ष भित्रका एसइय पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । यूवकका लागि ५ फिट ५ इन्चदेखि माथि र यूवतीका लागि ५ फिट २ इन्चदेखि माथिको उचाई हुनुपर्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment