न्यूयोर्क । विगत चार वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका सञ्चारकर्मीले पोडकास्टमार्फत आफ्ना अनुभव बाँड्न शुरु गरेका छन् ।
सञ्चारकर्मी अनुज थापा र दिपिका श्रेष्ठले ‘एट दी इन्ड अफ द डे’ नामक पोडकास्ट सुरु गरेका हुन् ।
पछिल्लो समय अमेरिकामा पोडकास्टहरु बनाउने ट्रेन्ड निकै चलेको छ ।
सञ्चारकर्मी थापाले आफूले चार वर्षमा केकस्ता कठिनाइ भोग्नु पर्यो र त्यसलाई के गरेको भए सजिलै पार पाउन सकिन्थ्यो भन्ने अनुभवहरु पडकास्ट मार्फत व्यक्त गर्ने बताए ।
‘हामीलाई बाटो देखाउने मान्छे कमै थिए किनभने यहां सबै व्यस्त हुन्छन्,’ उनले भने । ‘यो पोडकास्ट मार्फत आफ्नो अनुभव बाँड्नेछौ जुन अमेरिका आउन चाहनेहरुका लागि पक्कै पनि उपयोगि हुनेछ ।
करिब १० मिनेट अवधिको पोडकास्ट आइफोन र एन्ड्रोइड फोनमार्फत सुन्न सकिन्छ भने यु ट्युबमा पनि हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4