Comments Add Comment

इंग्ल्याण्डविरुद्धको टेष्टमा पाकिस्तान ९ विकेटले विजयी

१३ जेठ, काठमाडौं । इंग्ल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।

इंग्ल्याण्डविरुद्ध गएको ११ टेष्टमा पाकिस्तानले ८ खेल जितेको छ । घरेलु मैदानमा भएको पहिलो टेष्ट खेलमा पाकिस्तानसँग सन् १९९५ पछि इंग्लाण्ड यसपटक पराजित भएको हो ।

इंग्ल्याण्डको लर्डस मैदानमा भएको खेलमा चौथो दिन ६४ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि इमाम उल हकले १८ साथै हरिस सोहिलले ३९ रन बनाए । अजर अलि ४ रन बनाउँदा एन्डरसनको बलिङमा बोल्ड आउट भएका थिए ।

खेलमा पहिलो दिन एलास्टर कुक र बेन स्टोक्सबाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा इंग्ल्याण्ड १८४ रनमा अल आउट भएको थियो । कुुकले ७० साथै स्टोक्सले ३८ रन बनाएका थिए ।

पाकिस्तानले आफ्नो पहिलो इनिङमा ३६३ रन बनायो र इंग्ल्याण्डलाई दोस्रो इनिङमा २४२ रनमा अल आउट गर्‍यो । इंग्ल्याण्डको ब्याटिङ कमजोर पार्न दोस्रो इनिङमा मोहम्मद आमिर र मोहम्मद अब्बासले चार/चार साथै सदाब खानले दुई विकेट लिएका थिए ।

खेलपछि प्रतिक्रिया दिँदै इंग्ल्याण्डका कप्तान जोय रुटले आफूहरुको बलिङ, ब्याटिङ र फिल्डिङ दुवै कमजोर भएको प्रतिक्रिया दिए ।
पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट आउँदो शुक्रबार सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment