Comments Add Comment

सलमानले लेखेको गीतको सामाजिक सञ्जालमा उछितो

ट्रेलर सार्वजनिक भएदेखि सलमान खानको बलिउड फिल्म ‘रेस ३’ ट्रोलको शिकार बनिरहेको छ । खासगरी यसको एउटा हाँस्यास्पद डाइलगलाई लिएर ट्रोलरहरुले मजाक गरिरहेका छन् ।

यति नै बेला ट्रोलरहरुले अर्को मसला पाएका छन् । फिल्ममा सलमान खान आफैंले लेखेको एउटा गीत सार्वजनिक गरियो । यो गीतका शब्दहरु स्तरहिन रहेको भन्दै आलोचना भइरहेको छ । धेरैले सलमानलाई बेसुरा गीत गाउने ढिन्चक पुजासँग तुलना गरेका छन् ।

‘सेल्पिmस’ बोलको यो गीत अतिफ अस्लम र सलमानकी प्रेमीका लुलिया वन्तुरले गाएका हुन् । उनीजस्ता प्रख्यात गायकले कसरी यति स्तरहिन गीत गाउन तयार भए भन्ने प्रश्न सामाजिक सञ्जालमा उठाइएको छ । अर्कोतर्फ लुलियाको स्वरको विषयमा पनि विभिन्न टिप्पणीहरु भइरहेका छन् ।

‘व्वाईप|mेन्ड पावरमा भएपछि जति झूर स्वर भए पनि गायिका हुन के गाह्रो,’ एक व्यक्तिले लेखेका छन् ।

धेरैले सलमानलाई अभिनयमा नै सिमित हुन सुझाव दिएका छन् । एकजनाले भनेका छन्, ‘बहुप्रतिभाशाली हुने नाममा यस्ता बकबास गीत लेखेर हामीलाई यातना नदेउ भाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment