Comments Add Comment

मनिपाल अस्पताल खुलाउन मुख्यमन्त्री गुरुङ्को निर्देशन

१४ जेठ, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनिपाल शिक्षण अस्पताल चाँडो भन्दा चाँडो खुलाउन निर्देशन दिएका छन् ।

अस्पताल खुलाउनका लागि दवाब दिन गएको नागरिक समाजको सञ्जाल कास्कीको टोलीसँगको छलफलका क्रममा मुख्यमन्त्रीले अस्पताल जस्तो अत्यावश्यक सेवामा बन्द हड्ताल सहृय नहुने भन्दै हस्तक्षेप गरेर भएपनि अस्पताल खोल्न सामाजिक विकास मन्त्री नरदेवी पुनलाई निर्देशन दिएका हुन् ।

प्रदेश सरकार पनि छ भनेर देखाउन निर्देशन दिदै मुख्यमन्त्री गुरुङले भने, ‘लगानीको वातावरण बनाएर लगानी भित्राउनुपर्ने बेलामा लगानीको वातावरण नै बिगार्ने गरी अनिश्चितकालीन हड्ताल भइरहेको छ त्यो पनि अस्पतालजस्तो अत्यावश्यक सेवामा, यो हुन सक्दैन, तुरुन्तै अस्पताल खोल्ने वातावरण बनाउनुस् मन्त्री ज्यू ।’ उनले प्रदेश मुख्य सचिवलाई आफूले पनि तुरुन्तै अस्पताल खोल्न निर्देशन दिने बताए ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले भने मंगलबार पूर्वाहृन ९ बजे अन्तिम छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताइन् ।
आफूले यसअघि नै अस्पताल खोल्न अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारी पक्षलाई आग्रह गरेपनि अटेर गरेकाले मंगलबार पुनः छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताइन् ।

मंगलबारदेखि नै अस्पताल खोल्ने वातावरण बनाउने मुख्यमन्त्रीलाई विश्वस्त बनाउँदै उनले भनिन्,’अत्यावश्यक सेवा ठप्प छ, मिलेर जानुस् भन्दा त्यो पनि भएन, अब सरकार हेरेर बस्न त सक्दैन, भोलि नै बोलाएर अस्पताल खोल्न निर्देशन दिन्छु ।’

अस्पताल प्रशासनले फार्मेसीमा अनियमितता र अस्पतालको गोपनियता भंग गरेको भन्दै ४ जना कर्मचारी निश्कासन गरेपछि अस्पतालमा रहेका ३ वटा टे्रड युनियनहरुको आहृवानमा मनिपाल शिक्षण अस्पताल सोमबारदेखी बन्द छ । आकस्मिकबाहेक अन्य सेवा ठप्प छ ।

यसअघिका वार्तामा कर्मचारी पक्षले निश्कासित कर्मचारी पुर्नबहाली गर्नैपर्ने अडान राखेको छ । तर, अस्पताल प्रशासन भने निश्कासित कर्मचारी कुनैपनि हालतमा पुर्नबहाली गर्ने पक्षमा छैन । उसले अदालतको आदेश आएमात्र पुर्नबहाली गर्ने बताउँदै आएको छ । कर्मचारी भने अदालतको आदेश भन्दा पनि आन्तरिक रुपमै सहमति गर्नुपर्ने भन्दै दवाब दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment