+
+

एकाविहानै कुचो लिएर सडकमा निस्किए मेयर

आशिष मल्ल आशिष मल्ल
२०७५ जेठ १५ गते ९:५१

१५ जेठ, डडेल्धुरा । डडेल्धुरामा बजार सफा गरेर गणतन्त्र दिवस मनाइएको छ । बजार सफा गर्न मेयर विशेश्वर ओझा पनि कुचो लिएर निस्किए ।

कार्यक्रममा अमरगढी नगरपालिका, विभिन्न सरकारी कर्मचारी र युवाहरुको सन्जाल ग्रीन अर्थ सोसाइटी नेपालको सहभागीता थियो । सदरमुकामको बागबजार, बगरकोट रोड, तुफानडाडा लगायतका क्षेत्रमा सफा गरिएको थियो ।

सफा गर्नु सबैको कर्तव्य रहेको भन्दै दिवसको अवसरमा मात्र होइन, आफूले नियमित बजार सफाइ गर्ने अभियान नै चलाएको नगर प्रमुख ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?