+
+

के करण जौहर र मनिष मल्होत्रा समलिंगी जोडी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते ८:३१

पुरुष हुन् वा स्त्री, विवाह गर्न ढिला गर्‍यो भने दुनियाँले अनेक कुरा काट्छन् । त्यसमाथि सेलिबि्रटीहरुको त झन् चर्चा नहुने कुरै भएन ।

बलिउडका निर्देशक करण जौहर अविवाहित छन् । यद्यपि उनले सरोगेसीबाट जुम्ल्याहा बच्चा पाइसकेका छन् । उनी समलिंगी भएकाले अहिलेसम्म बिहे नगरेको भनेर गाईंगुईं चल्ने गरेको छ । यसअघि उनको नाम शाहरुख खानसँग जोडिन्थ्यो । पछिल्लो समय फेसन डिजाइनर मनिष मलहोत्रालाई उनको समलिंगी जोडीको रुपमा शंका गरिन्छ ।

त्यसो त यी दुईले सार्वजनिक रुपमा आफूहरु रिलेसनसीपमा नभएको बताइसकेका छन् । तर, हालै मनिष मलहोत्राको एउटा संकेत दिए, जसले उनको करणसँग समलिंगी सम्वन्ध छ भन्नेहरुलाई बल प्रदान गर्‍यो ।

खासमा करणको जन्मदिनका अवसरमा मनिषले उनीसँगको एउटा फोटो इन्स्टाग्राममा पोष्ट गरेका थिए । उनले क्याप्सनमा जन्मदिनको शुभकामना दिएका थिए । त्यसमा धेरै कमेन्टहरु आए । जसमध्ये एक जनाले लेखे ‘बलिउडको सबैभन्दा क्यूट कपल’ ।

कपल अर्थात जोडी भन्नाले सामान्यता श्रीमान-श्रीमती वा प्रेमी-प्रेमीका बुझिन्छ । जानेर वा नजानेर मनिषले उक्त कमेन्टलाई लाइक गरिदिए । कुरा काट्नेहरुलाई यति भएपछि पुगिहाल्यो । मनिषको सो लाइकलाई करणसँग समलिंगी सम्वन्धको स्वीकारोक्तिको रुपमा धेरैले ब्याख्या गरेका छन् ।

चर्चा अत्यधिक भएपछि करण पनि मुख खोल्न बाध्य भएका छन् । एक अन्तरवार्तामा उनले करणसँग आफ्नो यौनजन्य सम्वन्ध नरहेको प्रष्ट पारेका छन् ।

‘करण मेरा दाईजस्ता हुन्, म उनलाई आदर गर्छु,’ मनिषले भने । यस विषयमा करणको भनाई भने बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?