+
+

ठेक्का लिएर काम नगरेको आरोपमा वडाअध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते १३:०२

१५ जेठ, गोरखा । स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएर काम नगरेको आरोपमा भीमसेन थापा गाउँपालिका-७ का वडा अध्यक्ष नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पन्न गर्नुपर्ने म्याद सकिएपनि काम नभएकाले श्रेष्ठलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले बताए । बोर्लाङ स्वास्थ्यचौकीको भवन निर्माणका लागि २०७१ वैशाख २८ गते धुलिखेल निर्माण सेवा मार्फत श्रेष्ठले ठेक्का सम्झौता गरेका थिए ।

सम्झौता अनुसार २०७३ साल असार ३ गते काम सम्पन्न गर्नुपर्ने भए पनि म्याद थप गर्दासमेत काम नभएपछि श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए ।

‘आयोजना सम्पन्न गनुपर्ने म्याद बाँकी रहेकालाइ केही गरेका छैनौं, तर म्याद सकिएर पनि काम नगर्नेलाई कारवाही थालेका हौ‌ं,’ प्रजिअ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?