Comments Add Comment

श्रीदेवीको मृत्यूपछि जान्भीले पहिलोपटक मुख खोलिन्

बलिउड अभिनेत्री श्रीदेवीको मृत्यूपछि पहिलोपटक उनकी जेठी छोरी जान्भी कपुरले आमाको विषयमा खुलेर कुरा गरेकी छन् । करण जौहरसितको एउटा अन्तरवार्तामा केही भावुक कुरा सुनाइन् ।

श्रीदेवीको केही समयअघि दुबईको एउटा होटलमा शंकास्पद तवरले मृत्यू भएको थियो । दुबई जानुभन्दा अगाडि आमासँग समय बिताउन नपाएकोमा जान्भीलाई सबैभन्दा ठूलो अफसोस रहेछ ।

उनले भनिन्, ‘उहाँ दुबई जाने अघिल्लो दिन म सुटिङबाट म ढिला घर आएकी थिएँ । आमा सामान मिलाउन व्यस्त हुनुहुन्थ्यो । राति सँधै उहाँले मलाई सुताउनुहुन्थ्यो, तर त्यो रात उहाँ विजी भएकाले म आफैं सुतेँ । बिहान उठ्दा आमा हिँडिसक्नुभएको थियो ।’

त्यो रात आमासँग समय नबिताएकोमा आफूलाई जीवनभर अफसोस हुने जान्भीले बताइन् ।

उनले यो पनि खुलासा गरिन् कि श्रीदेवीले उनलाई फिल्ममा ल्याउन चाहेकी थिइनन् ।

‘मेरो जिद्दीले गर्दा उहाँले मलाई एक्टिङ स्कुल भर्ना गर्नुभएको थियो, अन्यथा उहाँ चाहनुहुन्नथ्यो कि म फिल्म खेलुँ,’ जान्भीले भनिन् । बाबु बोनी कपुर भने छोरीको सपना पुरा गर्ने पक्षमा रहेछन् ।

आमाको मृत्यूपछि आफूलाई राति निदाउन गाह्रो पर्ने गरेको जान्भीको भनाई छ । यद्यपि, बहिनी खुशीले आफ्नो निकै ख्याल राख्ने गरेको उनले बताइन् ।

जान्भीका अनुसार उनले अभिनय गरेको पहिलो फिल्म धडकको २५ मिनेटको फुटेज श्रीदेवीले हेरेकी थिइन् । त्यो हरेपछि उनले जान्भीलाई भनेकी थिइन्, ‘तिम्रो मस्कारा फैलिइरहेको छ, यसले तिमीलाई डिस्टर्व हुन सक्छ ।’

आमासँग आफ्नो निकै राम्रो बोन्डिङ रहेको उनले बताइन् । उनी आफ्ना सबै निजी कुराहरु आमासँग सेयर गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment