+
+

नवलपुरमा प्रदेश ४ स्तरीय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते १७:४९

१७ जेठ, नवलपरासी । नवलपुरमा प्रदेश ४ को अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदान बन्ने भएको छ ।

नवलपुरमा क्रिकेट खेल मैदान निर्माणका लागि प्रदेश ४ को सामाजिक विकास मन्त्रालयका प्रदीप केसी र कृष्ण तिमिल्सिनासहितको प्राविधिक टोलीले बिहीबार नवलपुरका विभिन्न सभ्भावित क्षेत्रको निरीक्षण तथा अध्ययन गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए ।

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणका लागि कावासोती १६ डण्डाको क्रिकेट खेल मैदान, कावासोती ६ को खेल मैदान, कावासोती ३ राममन्दिर खेल मैदान, मध्यविन्दु १ को क्रिकेट रंगशाला, गैडाकोटको मुकुन्दसेन रंगशाला, गैडाकोटकै क्षेत्रीय रंगशाला, वीपी खेल मैदान रजह, थुम्सी क्रिकेक खेलमैदान र देवचुली नगरपालिका देवचुली माविको खेल मैदानमा निरीक्षण तथा अध्ययन भएको अध्यक्ष केसीले बताए ।

केसीका अनुसार नवलपुरमा प्रदेश ४ को अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने पक्का जस्तै भएको र उपयुक्त स्थान छनौट गरी सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?