+
+

एक लाखका अवैध सामान भन्सार चलान

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते १९:३७

१७ जेठ, वीरगञ्ज । भन्सार छलेर ल्याउदै गरेको झण्डै एक लाख मुल्य बराबरको सामान प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

भन्सार छल गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपाल ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा समानहरु बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका १६ भन्सारबाट ३० किलो मरिच, जगरनाथपुर गाउँपालिका १ पाण्डेपुर नाकाबाट ना ३४ प ५३५५ नम्बरको मोटर साइकलसहित १ कार्टुन रेन्चु, वीरगञ्ज १६ रजतजयन्ती चोकबाट १२ थान सिलिक कुर्ता सुट, ५ थान कडाई कुर्ता सुट, ६ थान भिभान कुर्ता सुट, ब्लाउजका कपडालगायतका सामान बरामद गरेको हो । जसको बजार मुल्य ९९ हजार ३ सय ४० रुपैयाँ रहेको अनुमान गरिएको छ ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

त्यसैगरी प्रहरीले जेठ १६ गते वीरगञ्ज महानगरपालिका २२ मनियारी गाउँमा एउटा रक्सी भट्टी नष्ट गरेको छ । स्थानीय मदन सहनीको रक्सी भट्टीमा चेकजाँच गर्ने क्रममा अन्दाजी ३०/३५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई प्रहरी, स्थानीय भद्र भलादमीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?