Comments Add Comment

तोरीको तेलमा तत्कालै प्रतिलिटर १५ रुपैयाँ मूल्य बढ्नसक्ने

१७ जेठ, काठमाडौं । उद्योगीहरुले अब तोरीको तेल लिटरमा १५ प्ररुपयाँसम्म महंगिने बताएका छन् । चामल तेल दाल उद्योग संघलेसरकारले तोरीको तेल उत्पादकलाई मुल्य अभिवृद्धि कर (भ्याट)मा दिँदै आएको ४० प्रतिशत छुट सविधा हटाएपछि यस्तो स्थिति आएको बताएको छ ।

संघका महासचिव सुधोधकमुमार गुप्ताका अनुसार तोरीको गेडा आयातमा समेत ४ सय प्रतिशत भन्सार महसुल महंगिएको छ । अहिले १ प्रतिशत भन्सार महसुलबाट बृद्धी गरी ५ प्रतिशत पुर्‍याइएको छ ।

संघकाअनुसार भारत तोरीमा आत्मनिर्भर भएको र सबै तेलमा ५प्रतिशत मात्र जीएसटी छ । यसले गर्दा अनधिकृत रुपमा तोरीको तेल भित्रिने सम्भावना पनि अब बढेको संघको दावी छ । यसले गर्दा सरकारको राजश्व गुम्ने ठहर संघको छ ।

यसैगरी संघले सिंगा गेडा दाल तथा गेडागुडीमा भन्सार महसुल ५ प्रतिशतबाट १० प्रतिशतमा पुर्‍याएको छ । तर, प्रशोधित दालमा भन्सार महशुल १० प्रतिशतमै यथावत राखेको छ ।

संघले तयारी गेढागुडीर र प्रशोधित दालमा दुई तहको करको दर हुनु पर्नेमा समान भन्सार दर लगाउँदा स्वदेशी उद्योगलाई समस्यम पर्ने बताएको छ ।

यसले आयातलाई प्रोत्साहन गर्ने र उद्योग धरासायी हुने तर्क संघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment