Comments Add Comment

कर्णालीको भेलमा एकै दिन हजार जनाको र्‍याफ्टिङ (फोटाेफिचर)

१८ जेठ, धनगढी । कैलालीको कर्णाली नदीमा शुक्रवार एक हजार जनाले साहसिक जलयात्रा (र्‍याफ्टिङ) गरेका छन् ।

जिल्लामा कैलाली भ्रमण वर्ष सञ्चालन भइरहेको बेला आन्तरिक र भारतीय पर्यटकहरुले जलयात्राको आनन्द लिएका हुन । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शले साहसिक जलयात्राको आयोजना गरेको थियो ।

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले हरियो झण्डा देखाएर साहसिक जलयात्राको शुभारम्भ गरे । उनले कर्णाली नदीमा साहसिक जलयात्राको राम्रो सम्भावना रहेको बताए ।

मुख्यमन्त्री भट्टले कर्णाली नदीमा जलयात्राका लागि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै साहसिक जलयात्रामार्फत पर्यटन विकासमा टेवा पुग्ने बताए । ‘यो नदीमा र्‍याफ्टिङमार्फत यहाँको पर्यटन विकास गर्न सकिन्छ’, मुख्यमन्त्रीले भने-‘यसको लागि धेरै राम्रो सम्भावना छ । भारत सहित विभिन्न देशबाट र्‍याफ्टिङका लागि पर्यटक भित्र्याउन सकिन्छ ।’

मोहन्याल गाउँपालिकाको कुइनेसम्म पुग्नका लागि बाटोघाटोको समस्या रहेकाले बाटो बनाउनका लागि आफूले पहल गर्ने मुख्यमन्त्री भट्टको भनाइ थियो ।

मोहन्याल गाउँपालिका-७ कुइनेबाट सुरु भएको साहसिक जलयात्रा चिसापानीसम्म (करिब २० किलोमिटर) भएको थियो ।

दुई चरण गरेर एक हजारले साहसिक जलयात्रा गरेका थिए । जलयात्रामा नेपाल-भारतबाट सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment