+
+

तस्करीको सुनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते १६:५५

१८ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनको गहना तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषको गणेशमान चारनाथ–४ घर भइ हाल काठमाडौंको तिलगंगा बस्ने ३२ वर्षीय श्याम सुन्दर यादव छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदारलाई प्रयोग गरेर सुन भित्र्याएको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो । उनको साथबाट सुनका चुराहरु दुई वटा (१ सय ग्राम) र नगद ३२ हजार ५ सय रुपैयाँ फेला परेको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनलाई भिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?