Comments Add Comment

बजेटबारे रामशरणको टिप्पणीः लोकप्रिययताका लागि सरकारको शब्द जाल

२० जेठ, वुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट लोकप्रयताका लागि मीठा-मीठा शब्दहरुको जाल भएको बताएका छन् ।

वुटवलको एक कार्यक्रममा बोल्दै नेता महतले बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको बताए । बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागि सरकार असफल भएको उनको दावी छ ।

एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिएपनि त्यसका लागि कुनै तयारी र अध्ययन नदेखिएको उनको भनाइ छ । ‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी कुन तरीकाले गरिने हो त्यो उल्लेख छैन् , शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’ महतले भने ।

सरकाले आर्थिक बृद्विदर ८ प्रतिशतको लक्ष्य लिएपनि पूँजी लगानीविना आर्थिक बृद्धि सम्भव नभएको भन्दै उनले सरकारले पूँजी लगानीलाई कर थोपरोर लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको आरोप लगाए ।

आर्थिक बृद्विदर हाँसिल गर्नका लागि कति पूँजी लगानी गर्नुपर्छ त्यसतर्फ सरकारले सोच्दै नसोचेको उनको भनाइ छ ।

आर्थिक बृद्धिदर र पूजि लगानीमा ८० प्रतिशत नीजि क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लागनी हुने गरेको उल्लेख गरेका छन् । ‘नेपालमा ट्याक्स बढि छ,यस्ले लगानी बृद्धिलाई असर गर्छ, ट्याक्स कम भएपो लगानी भित्रिन्छ ।’ उनले भने ।

सरकारको बजेटले प्राइभेट इन्भेष्टमेन्टलाई डिस्करेज गर्न खोजेको उनको तर्क छ । ‘योजना ल्याउँदा अध्ययन होस् तयारी होस् ,हावाका भरमा बजेट नबनाउनूस् ,प्रधानमन्त्रीलाई जे लाग्यो त्यही बजेटमा आउनु राम्रो होइन ।’ उनले अघि थपे ।

यस्तै सांसदहरुलाई संसदीय बिकास क्षेत्रको ४ करोड दिन नहुने उनको भनाइ छ । ‘यो धेरै भो तैपनि सरकारले गलत ढंगले ल्याएको छ ,चोरबाटोबाट आएको छ यो ठीक होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment