+
+

औषधी नखाई उच्च रक्तचाप नियन्त्रण हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते १८:०२

शंका छैन, तपाईंको घरमा उच्च रक्तचापले ग्रस्त कोही सदस्य हुन सक्छन् । तपाईंको घरमा छैन भने, गाउँ छिमेकमा त पक्कै छन् ।

किनपनि यो कुरा निर्धक्कसाथ भन्न सकिन्छ भने, बर्तमान जीवनशैलीले धेरैलाई उच्च रक्तचापको रोगी बनाएको छ । उच्च रक्तचाप आफैमा यस्तो समस्या हो, जसले अरु थुप्रै समस्यालाई जन्म दिन्छ ।

उच्च रक्तचापलाई लिएर समाजमा अनेक भ्रम छन् । उच्च रक्तचाप अनियन्त्रित भएमा चिकित्सकको परामर्शमा औषधी सेवन गर्नुपर्छ । कतिले भन्छन्, औषधी सेवन गरेपछि त्यो जीवनभर छाड्न मिल्दैन । शरीरमा त्यसले नराम्रो असर गर्छ । तर, यी भ्रमका पछि नलाग्नुहोस् ।

निश्चित अवधीसम्म औषधीले प्रभावकारी काम गरेमा औषधी जीवनभर खाइरहनुपर्छ भन्ने छैन । हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति छन्, जसले निश्चित समय औषधी सेवन गरे र त्यसपछि चिकित्सककै परामर्शमा औषधी सेवन बन्द गरिदिए ।

यद्यपी उच्च रक्तचाप जीवनशैली र खानपानको कारण पनि निम्तने समस्या हो । यदि तपाईं पनि यस्तै समस्याले ग्रस्त हुनुहुन्छ भने, जुन कारणले उच्च रक्तचाप भएको त्यसको उपचार खोज्नु बढी फाइदाजनक हुन्छ ।

जीवनशैली ठीक छैन भने, त्यसलाई परिवर्तन गरौं । खानपान, दिनचर्या, सोच चिन्तन सबै कुरालाई सकारात्मक, संयमित ढंगले अगाडि बढाउनुहोस् ।

जीवनशैलीले उच्च रक्तचापको उपचारमा धेरै महत्वपूर्ण भूमिका खेल्छ । यदि तपाईंले स्वस्थ जीवनशैली अपनाएर सफलतापूर्वका आˆनो उच्च रक्तचाप नियन्त्रण गर्नुभयो भने औषधिको आवश्यकता नै पर्दैन ।

यस्ता उपाय अपनाउनुभयो भने तपाईंले औषधिको सेवनबिना नै आफ्नो रक्तचाप नियन्त्रण गर्न सक्नुहुन्छ ।

१. तौल घटाउनुहोस्

धेरैजसो मानिसको तौल बढ्नाले रक्तचाप बढ्ने गर्छ । तौल धेरै भएमा तपाईंलाई श्वासप्रश्वासमा पनि समस्या हुन्छ जसले पछि रक्तचाप बढाउँछ ।

तौल घटाउनु उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा राम्रो र प्रभावकारी उपाय हो । तपाईंले आˆनो थोरै मात्रै तौल घटाउन सक्नुभयो भने त्यसले रक्तचाप कम गर्न मद्धत गर्छ ।

तौल घटाउनको साथै आफ्नो कम्मरमा पनि नियमित रुपमा हेर्नुपर्छ, किनभने कम्मर नजिकको भागमा धेरै मोटो भएमा उच्च रक्तचापको जोखिम धेरै हुन सक्छ ।

२. नियमित अभ्यास गर्नुहोस्

दैनिक करिब ३० मिनेटको दरले नियमित शारीरिक अभ्यास गर्नुहोस् । यसले तपाईंको रक्तचाप घटाउन मद्धत गर्छ । शारीरिक अभ्यास रक्तचाप स्थिर बनाउन पनि धेरै नै महत्वपूर्ण हुन्छ । यदि शारीरिक अभ्यास गर्न छोड्नुभयो भने रक्तचाप फेरि बढ्छ  ।

३. स्वस्थ र सन्तुलित खाना खानुहोस्

होल ग्रेन, फलफूल, सागसब्जी र कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुहोस् । तपाईंलाई उच्च रक्तचापको समस्या छ भने खानामा स्याचुरेटेड ˆयाट र कोलस्टेरोलको मात्रा घटाएरै रक्तचाप ११ एमएमसम्म घटाउन सकिन्छ ।

४. खानामा सोडियमको मात्रा घटाउनुहोस्

खानामा सोडियमको मात्रा घटाउनाले मुटु स्वस्थ बनाउँछ । यदि तपाईंलाई उच्च रक्त चाप छ भने त्यसलाई ५ देखि ६ एमएमसम्म घटाउन सकिन्छ ।

खानामा सोडियमको मात्रा घटाउन यस्तो उपाय अपनाउनुहोस्

– खानाको लेवल पढ्नुहोस् र सम्भव भएसम्म सोडियम कम भएका खानेकुरा र पेयपदार्थ पिउनुहोस् ।

-थोरै मात्र प्रशोधित खानुकुरा खानुहोस्, प्राकृतिक रुपमा तयार भएका खानेकुरामा थोरै मात्रै सोडियम रहेको हुन्छ । धेरै जसो सोडियम प्रशोधन गर्ने समयमा थपिन्छ ।

-नुन कम खानुहोस् । मात्रै १ चिया चम्चा नुनमा २३०० मिलिग्राम सोडियम हुन्छ । त्यसैले तपाईले नुनको सट्टामा खानाको स्वाद बढाउन जडिबुटी र मसला थप्नुहोस् । त्यस्तै खानाबाट एकैचोटी सोडियमको मात्रा घटाउन सक्नुहुन्न भने विस्तारै घटाउनुहोस् ।

५. अल्कोहलको थोरै मात्रै पिउनुहोस्

अल्कोहल स्वास्थ्यको लागि राम्रो र नराम्रो दुवै हुन्छ । थोरै मात्रामा अल्कोहल पिउनाले तपाईको रक्तचाप कम हुन सक्छ । तर, तपाईले धेरै अल्कोहल पिउनुभयो भने त्यसले तपाईको रक्तचाप झनै बढाउन सक्छ ।

६. धुमपान त्यागिदिनुहोस्

तपाईले पिउने चुरोटको प्रत्येक खिल्लीले तपाईको रक्तचाप झनै बढाउँछ । धुमपान छोड्नाले रक्तचाप सामान्यअवस्थामा आउन मद्धत गर्छ । धुमपान छोडेमा तपाईंको मुटुको रोगको जोखिम पनि कम गर्छ र समग्र स्वास्थ्य पनि सुधार हुन्छ ।

७. क्याफिनको मात्रा घटाउनुहोस्

क्याफीनले कहिले काँही मात्रै कफी पिउने मानिसको रक्तचाप १० एमएम भन्दा धेरै बढाउँछ । क्याफिनले रक्तचापमा कस्तो असर गर्छ भन्ने कुरा cmझै पनि प्रष्ट छैन । क्याफिनको रक्तचापमा दीर्घ असर एकीन नभए पनि यसले थोरै बढाउने चिकित्सकहरु बताउँछन् ।

८. तनाव घटाउनुहोस्

तनावले रक्तचाप बढाउँछ । निरन्तरको तनावले मानिसको रक्तचापमा कस्तो असर गर्छ भन्ने बारे अझै धेरै अध्ययनहरुको आवश्यकता छ । कहिलेकाँही हुने तनावले पनि रक्तचाप बढाउँछ ।

तपाईंलाई उच्च रक्तचापको समस्या छ भने तनावको कारण काम, परिवार वा स्वास्थ्य के हो भन्ने थाहा पाउनुहोस् र त्यसपछि कसरी घटाउन सकिन्छ भनेर सोच्नुहोस् ।

९. नियमित रक्तचाप परिक्षण गर्नुहोस् र डाक्टरसँग भेट्नुहोस्

घरमै रक्तचाप परिक्षण गर्नाले तपाईंको रक्तचाप कति छ थाहा पाउन सकिन्छ र बेलैमा जीवशैली सुधार गरेर त्यसलाई स्वस्थ बनाउन सक्नुहुन्छ ।

रक्तचाप नाप्ने मनिटर तपाइर्ंले बजारमा सजिलै किन्न सक्नुहुन्छ । डाक्टरसँग सल्लाह गरेर घरमै रक्तचाप नाप्न सक्नुहुन्छ । डाक्टरसँग नियमित भेटघाटले पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

१०. परिवारको साथ लिनुहोस्

परिवार र साथीहरुको साथले पनि तपाईं आफ्नो स्वास्थ्यमा सुधार गर्न सक्नुहुन्छ । उनीहरुले तपार्इंलाई हौसला दिन सक्छन् । यसैले तपार्इंले आफ्नो ख्याल राख्न सक्नुहुन्छ । यसले तपाईंलाई भावनात्मक र मानसिक रुपमा पनि बलियो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?