Comments Add Comment

सुन काण्डः छिरिङ वाङ्गेल जेल चलान

२० जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई जेल चलान गरिएको छ ।

उनलाई जिल्ला अदालत, मोरङको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो । उनलाई जिल्ला कारागार, मोरङमा लगिएको छ ।

उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनले आइतबार बिहान जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो ।

तर, घलेले भने इन्कारी बयान दिएका छन् ।

यो पनि पढ्नुस् 

सुनकाण्डका अभियुक्त छिरिङको बयान : गोरेलाई चिन्दिनँ, म डा. डेविट पनि होइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment