Comments Add Comment

‘सञ्जु’ ले कुन कुन हिरोइनको घर बिगार्ला ?

बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारिक फिल्म ‘सञ्जु’ चाँडै रिलिज हुँदै छ । यससँगै यो फिल्मले कुन कुन हिरोइनको घर बिगार्ला भन्ने चर्चा सुरु भएको छ ।

सञ्जय दत्तको आफ्नो युवा अवस्थामा धेरै हिरोइनहरुसँग अफेयर थियो । बिबाहित भइसकेपछि पनि उनले केटी खेलाउन छोडेका थिएनन् । आफ्नी श्रीमतीलाई धोका दिएर उनले अभिनेत्री माधुरी दिक्षितसँग गहिरो प्रेम गरेका थिए । माधुरी अहिले अर्कैसँग बिहे गरेर घरजम गरिरहेकी छन् ।

के यी कुराहरु सञ्जुमा जस्ताको तस्तै देखाइएला ? फिल्म स्रोतका अनुसार यो सम्भावना न्यून छ । निर्देशक राजकुमार हिरानी कसैको घर बिगार्ने पक्षमा थिएनन् । फिल्ममा सोनम कपुरलाई सञ्जय दत्तकी गर्लफ्रेन्डको रुपमा देखाइएको छ । यद्यपि, उनलाई एउटा प्रतिनिधि पात्रको रुपमा मात्र देखाइएको हो । पहिले उनले टिना मुनिमको भूमिका गरेको चर्चा थियो । तर त्यो सत्य होइन ।

खासमा यो फिल्म सञ्जय दत्तको रोमान्टिक जीवनमा फोकस गरिएको छैन । फिल्मले सञ्जयको बन्दुकप्रतिको प्रेम र त्यसले निम्त्याएको बर्बादीलाई मूल विषय बनाएको छ । साथै बाबु र छोराको सम्वन्धलाई पनि हाइलाइट गरिएको छ । फिल्ममा सञ्जयको बाबुको भूमिका परेस रावलले निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment