Comments Add Comment

गोविन्दको झुटो बोली


गोविन्द शाहीको परिचय एउटा मात्र छैन । नायकपछि निर्माता, निर्मातापछि वितरक । वितरकपछि फेरि निर्माता । यसैले पनि चलचित्र क्षेत्रमा विभिन्न विधामा हात हालेका गोविन्दबाट झुटो बोलीको अपेक्षा कमैले गर्छन् । तर, गोविन्द ठाउँ अनुसार र आफ्नो फाइदा अनुसार साँचो र झुटो बोलिदिन्छन् ।

आइतबार बेलुकी आयोजना गरिएको चलचित्र ‘लिलिबिली’को ५१ दिने कार्यक्रम र नयाँ चलचित्र ‘लभ स्टेशन’को घोषणा कार्यक्रममा गोविन्दले झुटै झुटको खेती गरे । चलचित्रको घोषणा कार्यक्रममा नायिका फाइनल नभएको भन्दै नायक प्रदिप खड्काको मात्र नाम अगाडि सारियो । यसपछि, पत्रकारले गोविन्दलाई प्रश्न सोधे-‘नायिका जसिता गुरुङ फाइनल भएको भनेर तपाइले नै भन्नु भएको थियो । फेरि, जसिता फाइनल भएका समाचार तपाइले नै फेसबुकमा शेयर गर्नुभएको थियो, अहिले किन उनको नाम आएन ?’ यसमा गोविन्दले निकै गैह्र जिम्मेवारीपूर्ण जवाफ दिए ।

उनले भने-‘मैले अहिलेसम्म नायिका फाइनल भनेर भनेकै छैन । जहाँसम्म न्यूज शेयरको कुरा छ, अब साथीभाइहरुले माया गरेर न्यूज बनाइदिन्छन् । अनी शेयर गर्दिनै पर्‍यो नी ।’

गोविन्दको यो जवाफ निकै गैह्र जिम्मेवारीपूर्ण छ । यदि, कलाकार फाइनल भएको छैन भने समाचारको खण्डन गर्नुपर्ने हो । तर, गोविन्द उल्टै साथीभाइले न्यूज लेखिदिन्छन् अनी शेयर गर्नुपर्‍यो भन्दै जवाफ दिइरहेका छन् । वितरक र निर्मातासमेत भएका गोविन्दका कुरा अब मिडियाले पत्याउने कि नपत्याउने ? गोविन्दले दिने चलचित्रको व्यापारिक आँकडाको सत्यताबारे सबै पत्रकार र चलचित्रकर्मी जानकार नै छन् ।

अर्कोतिर,गोविन्दकै भाषामा भन्ने हो भने ‘लिलिबिली’ले लगानीको ब्याज तिर्न पुग्ने पैसा कमाएको छ । यसको अर्थ, चलचित्र फाइदामा छैन । तर, पनि उनले ५१ दिन मनाएको भन्दै धुमधाम कार्यक्रम गरे । के यो देखावटी धुमधाम नयाँ चलचित्रका लागि निर्माताको खोजीका लागि फालिएको तुरुप थियो ?

तर, जे भएपनि यो कार्यक्रमले टाढा भएका चलचित्रका नायक प्रदिप खड्का, निर्देशक मिलन चाम्स र निर्माताद्धय गोविन्द शाही र सुदिप खड्कालाई नजिक बनाउने काम भने गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment