Comments Add Comment

सुनसरी र मोरङका आयोजनाका ठेकदारको सूची गृहमन्त्रालयमा

२२ जेठ, विराटनगर । सुनसरी र मोरङ जिल्लाका पुल निर्माणमा ठेकेदारहरुले बढी लापरबाही गर्ने गरेको पाइएको छ ।

निर्माण आयोजनाहरुले सम्बन्धित जिल्ला प्रशानमा बुझाएको विवरणमा सडक निर्माणको तुलनामा पुल निर्माणमा ठेकदारहरुको लापारबाही बढी देखिएको हो ।

पुल निर्माण अयोजना कार्यालय इटहरी र सडक डिभिजन कार्यालय मोरङ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा समयमै काम पूरा नगर्ने ठेकदार कम्पनीको सूची बुझाएका छन् ।

उनीहरुले बुझाएको बिवरणमा ९ वटा कम्पनीले पुलको र दुई वटाले सडकको ठेक्का लिएर समयमै काम नगरेको उल्लेख छ ।
जिल्ला प्रशासनमा प्राप्त विवरण सम्बन्धित जिल्ला प्रशासनले गृह मन्त्रालयमा उठाएको छ ।

ति दुबै प्रशासनले ती कम्पनीहरुको कम्पनीहरुको नाम, योजनास्थल, सम्झौता मिति, सम्पन्न मिति, सम्झौता रकम, कामको प्रगति र आगामी दिनमा योजना सम्पन्न गर्न लाग्ने समयसहितको विवरण गृहमन्त्रालयमा पठाइएको हो ।

पुल आयोजना कार्यालय इटहरीले जिल्ला प्रशासन सुनसरी र डिभिजन सडक कार्यालय विराटनगरले मोरङ जिल्ला प्रशासनमा विवरण पठाएका छन ।

यी दुबै कार्यालयको कार्य क्षेत्र सुनसरी र मोरङ जिल्ला रहेको छ । पुल आयोजनाले विवेक निर्माण सेवाले सुनसरीको तेतरियास्थित सिंघिया खोलाको पुल पुस ०६० सालमा निर्माण सम्पन्न गर्नु पर्ने र्भपनि ३ प्रतिशत प्रतिशत मात्र काम सम्पन्न गरी फरार भएको ठेकदार कम्पनीको कामसहित अन्य ९ वटा ठेकदार कम्पनीको नाम जिल्ला प्रशासनमा पठाएको छ ।

उसले नाम चलेका कालिका ओएसिस जे भी, एशियन/निलगिरी/विराट जे भी,कान्छाराम कन्स्ट्रक्सन,सुर्य एण्ड सन्स प्रालि,वाई पी गौरी पार्वती जे भी,खाम्पाचे/धेलिखेल/हिमालयन जे भी,नार्गाजुन एच एम बिल्डर्स,कृष्ण निर्माण सेवा,फ्युचर स्टार/सराजुदिन जेभी लगातका निर्माण कम्पनीले समयमै पुलको काम सम्पन्न नगरेको विवरणको नाम प्रशासनमा पठाएको हो ।

सुनसरी मोरङ जिल्लामा अहिले ३७ वटा पुल निर्माणको ठेक्का लागि काम भइरहेको जनाएको छ ।

त्यसैगरी जिल्ला प्रशासन मोरङले डिभिजन सडक कार्यालयले २ वटा सडकको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको नाम गहृ मन्त्रालयमा पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चालले सडक कार्यालयबाट प्राप्त विवरण अनुसार ठेक्का लागेका २५ वटा सडकको काम मध्ये दुई वटा ठेकेदारले समय भित्रै काम सम्पन्न नगरेको भेटिएकाले उनीहरुको नाम गृहमा पठाउको जानकारी दिए ।

मोरङको उर्लावारी मधुमल्ला रवि सडकको निर्माणको काम सम्झौता माघ ०७४ मा सम्पन्न गर्ने भनिएपनि हालसम्म ६९ प्रतिशत मात्र काम गर्ने प्रेणा ज्योति जेवी र कानेपोखरी लेटाङ सडक समयमै काम सम्पन्न नगर्ने सुर्वण ओम पञ्चकन्या जेवीको नाम गृहमा पठाएको छ ।

उसले सम्झौतामा पुस ०७३ मा सम्पन्न गर्ने भनेपनि हालसम्म सडक निर्माणको काम ५५ प्रतिशत मात्र पूरा गरेको विवरणमा उल्लेख छ ।

प्रजिअ आर्चायले अन्य विकासे अड्डाबाट पनि विवरण मगाइएको र आउने क्रम जारी रहेकाले आएका त्यस्ता विवरण संकलन गरी गृह पठाउने कार्य भइरहेको जानकारी दिए ।

गृह मन्त्रालयले केही सयमअघि भवन, सडक र पुल लगायत निर्माणको ठेक्का पाएर लापरवाही गर्ने ठेकेदार र कम्पनीको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुले निर्देशन गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले ठेक्का सम्झौता गरी समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment