Comments Add Comment

मोरङका १७ क्रसर उद्योग मापदण्ड विपरीत, अनुगमन गर्न विशेष फोर्स

क्रसरका लागि खोलाबाट ढुंगा निकालिदै ।

२२ जेठ, विराटनगर । मोरङका १७ वटा क्रसर उद्योग मापदण्ड विपरीत संचालन भएको पाइएको छ ।

जिल्लाका विभिन्न खोला किनारमा रहेका कुल २२ क्रसर उद्योग मध्ये पाँचवटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको पाइएको छ भने बाँकी १७ वटा ले मापदण्ड पूरा गरेका छैनन् ।

जिल्ला  प्रशासन कार्यालयले जिल्लामा रहेका क्रसर उद्योगको अनुगमन गर्न गठन गरेको समितिले तयार पारेको प्रतिवेदन अनुसार क्रसर उद्योग दर्ता भने भएका छन् ।

दर्ता भएपनि मापदण्ड भने पूरा नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । ‘प्राविधिकसहतिको समितिले हालै प्रतिबेदन बुझाएको छ, त्यसमा सबै मापदण्ड पूरा भएका पाँचवटा क्रसर उद्योग मात्र फेला परेका छन ।’ उनले भने ।

मापदण्ड पूरा नगरेका क्रसर उद्योगलाई पनि मापदण्ड भित्र ल्याएर सञ्चालन गर्ने निर्देशन दिइसकिएको जानकारी दिए ।

जिल्लाका विभिन्न खोला किनारमा सञ्चालनमा रहेका क्रसर उद्योगले प्रकृतिक स्रोतसाधानको उत्खन्न् गरीरहेको बिषयमा चासो देखाउदै जिल्ला प्रशासन कार्यालयले दुई साताअघि प्राविधिक सम्मिलित एक समिति गठन गरेको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा विषयगत कार्यालयहरुका प्रतिनिधिहरु अनुगमन तथा अध्ययान अनुसन्धानका लागि समिति गठन गरिएको थियो ।

प्राविधिक सहतिको समितिले मापदण्ड बाहिर चलेका क्रसर उद्योग,मापदण्ड विपरीत ढुंगा गिटी उत्खनन् लगायतका विषयमा स्थलगत अध्ययन, अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको थियो ।

अनुगमनका लागि विशेष फोर्स

जिल्लाका विभिन्न खोलामा अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् रोक्न विषेश फोर्स परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि एक साताका लागि जिल्लास्थित उच्च स्तरको अनुगमन टोली निर्माण गरी फिल्डमा परिचालन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा खोलाबाट हुने अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् रोक्न विषेश समिति निर्माण गरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए । उच्चस्तरीय समितिमा विभिगीय कार्यालयका प्रमुखहरु रहेका छन् ।

स्थानीय प्रहरीले मात्र अनुगमन र नियन्त्रण गर्ने कार्य सम्भव नभएपछि जिल्ला प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा फोर्स फिल्डमा रहने छ ।

फिल्डमा रहने ५० जनाको नेपाल प्रहरीको टोलीलाई थप मद्धतका लागि सशस्त्र प्रहरी रहेने गरी विषेश फोर्सलाई समेत तैनाथी गरिएको प्रजिय आर्चायले बताए ।

उनले खोलाकाट ढुंगा गिटी उत्खनन् गर्न आईई गरिएका स्थानको पहिचान गरी मापदण्ड भित्र रहेर उत्खनन् गर्न दिने र मापदण्ड बाहिर पूर्ण रुपमा खोला उत्खनन् रोक्न टोली फिल्डमा परिचलन भएको हो ।

उच्च स्तरीय टोली जेठ मसान्तसम्म  फिल्डमा रहेर काम गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment