+
+

मन्त्री र सांसदहरु निस्किए राजमार्ग सफाइमा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १४:५३

२२ जेठ, हेटौंडा । ४६ औं विश्व वातावरण दिवसको अवसरमा प्रदेश ३ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल मंगलबार पूर्वपश्चिम राजमार्ग सफाइमा निस्किए ।

उनीसँगै प्रदेशसभा ३ का सा‌ंसद, सरकारी अधिकारीहरुले पनि राजमार्ग वरपर फालिएका प्लाष्टिक टिपेका छन् ।

मन्त्रालयले प्रदेश राजधानी हेटौंडाको चुरियामाईदेखि सिमाना चितवनको नारायणी पुलसम्म राजमार्गको दुबै क्षेत्रमा रहेको फोहर संकलन अभियान सञ्चालन गरेको छ ।

राजमार्ग क्षेत्रका समुदायिक वन समूहलाई प्रयोग गर्दै थालिएको अभियान निरन्तर सञ्चालन गर्नुपर्ने मन्त्री नेपालले बताए ।

हेटौंडाबाट थालिएको अभियान मकवानपुरको मनहरी गाउँपालिकाको लोथरसम्म चलेको थियो ।

मन्त्री नेपालले प्लाष्टिकले वातावरण नष्ट गर्ने भन्दै यसको नियन्त्रण अहिलेको महत्वपूर्ण काम भएको बताएका छन् । वातावरण मानिसको खुला घर भएकाले यसलाई नष्ट गर्ने प्लाष्टिकजन्य वस्तु नियन्त्रण अत्यन्त जरुरी रहेको बताए ।

उनले भने ‘वर्षौंसम्म नकुहिने पदार्थलाई रोक्नु अहिलेको आवश्यकता भएकाले मन्त्रालयले अभियान चलाएको हो ।’

मन्त्री नेपालले आउँदो ३ वर्षमा प्रदेशमा प्लाष्टिकजन्य पदार्थको उपयोगलाई हटाउन नीति पास गरिसकेको जानकारी दिए । अहिले हामीले प्रयोग गर्दै गरेको प्लाष्टिक जन्य पदार्थ सबै खतरनाक भएको भन्दै सबै भन्दा बढी डरलाग्दो प्लाष्टिकको गिलास भएको बताए ।

उनले भने ‘सजिलोको लागि प्रयोग गरिदै आएको प्लाष्टिकको गिलास क्यान्सरको महत्वपूर्ण स्रोत हो, त्यसैले तातो चिया पिउन र अन्य कामका लागि प्लाष्टिकको गिलास प्रयोग अहिलेबाटै बन्द गरौं ।’

पृथ्वी प्लाष्टिकमय भए, मानवका लागि उपयुक्त नहुने बताउदै मन्त्री नेपालले भने ‘प्रदुषणको मुख्य जड प्लाष्टिक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?