Comments Add Comment

राखी सावन्तले सन्नी लियोनीसँग माफी माग्नुपर्ने के परेछ ?

बलिउडमा सन्नी लियोनीलाई मन नपराउने धेरै छन् । एडल्ट फिल्मको पृष्ठभूमिबाट आएकी हुनाले धेरैले उनलाई अझै पनि छिछि र दुरदुर गर्छन् । जसमध्ये राखी सावन्त पनि एक हुन् ।

राखीले केही समयअघि सार्वजनिकरुपमै सन्नीलाई भित्तामा पुर्‍याएर गाली गरेकी थिइन् । यो २०१५ को कुरा हो । त्यतिबेला सन्नी लियोनीलाई उनी बसिरहेको घरबाट निकाल्न लागिएको खबर सार्वजनिक भएको थियो । यसै प्रसंगमा एक अन्तरवार्तामा राखीको प्रतिक्रया मागिएको थियो ।

त्यतिबेला उनले जंगिँदै भनेकी थिइन्, ‘यस्ती आइमाईलाई घरबाट ननिकालेर के गर्ने त ? उनलाई घरबाट मात्र होइन, भारतबाटै निकाल्नुपर्छ । हाम्रो फिल्म इन्डष्ट्रीमा उनलाई कुनै स्थान दिनु हुँदैन । नत्र उनले हाम्रो समाजलाई बिगार्छिन् । हट हट नायिका कसैलाई चाहिएको हो भने म छँदैछु नी ।’

राखीको यस्तो भनाईले निकै विवाद पनि ल्यायो । तर, सन्नी भने कुनै जवाफ नदिई चुपचाप बसिन् । अहिले राखीलाई के लाग्यो कुन्नी उनले सन्नीसँग उक्त अभिव्यक्तिका लागि माफी मागेकी छन् ।

एउटा टेलिभिजनसँग उनले भनिन्, ‘वास्तवमा मैले त्यसो भन्नु हुन्थेनँ । मैले सन्नीलाई राम्ररी नबुझिकन प्रतिक्रिया दिएँ । मबाट गल्ति भयो । म त्यो भनाई फिर्ता लिन्छु र उनीसँग माफी माग्छु ।’

‘हगिसक्यो दैलो देख्यो’ भनेको सायद यही हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment