Comments Add Comment

पुनर्निर्माण प्राधिकरणको कामप्रति अर्थमन्त्री असन्तुष्ट

२३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी आवास पुनर्निर्माणमा ढिलाइ गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘निजी आवास पुनर्निर्माणसम्बन्धी समस्या पहिचान र समाधान’ विषयक अन्तक्रिर्यामा बोल्दै उनले पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि सो अनुसारको काम हुन नसकेको भन्दै असन्तुष्टी जनाएका हुन् ।

अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठीलगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यकाभित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत पनि गराए । उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनर्निर्माणको काममा सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले पुनर्निर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे । एक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री खतिवडाले वैदेशिक अनुदान सहायताबाट पुनर्निर्माणका लागि ऋण स्वरुप लिइएको रकम दुरुपयोग नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले विकास, सुशासन र विपद् व्यवस्थापनको कामलाई सम्पन्न गर्ने दायित्व पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment