Comments Add Comment

स्मार्ट घडीको बजारमा पनि एप्पल पहिलो, टप फाइभमा को-को ?

अमेरिकी कम्पनी एप्पल विश्वको स्मार्ट घडीको बजारमा पनि अग्रणी स्थान ओगट्न सफल भएको छ ।

सन् २०१८ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार स्मार्ट घडी जस्ता जिउमा लगाउने स्मार्ट डिभाइसहरुको विश्व बजारमा एप्पल पहिलो स्थानमा छ ।

रिसर्च फर्म आइडिसीको रिपोर्ट अनुसार विश्व बजारमा सन् २०१८ को पहिलो त्रैमासिकमा स्मार्ट घडीको बिक्रि १.२ प्रतिशतले बढेको छ र कम्पनीहरुले अढाई करोड स्मार्ट घडी बजारमा पठाएका छन् ।

गत वर्षभन्दा एप्पल वाचको बिक्रि १३.५ प्रतिशतले बढेको छ र विश्व स्मार्टवाच बजारमा एप्पलको हिस्सा १६.१ प्रतिशत पुगेको छ ।

दोश्रो स्थान चाहीँ चिनिया स्मार्टफोन कम्पनी साओमीले कब्जा गरेको छ । विश्वको स्मार्टवाचको बजारमा साओमीको हिस्सा १४.८ प्रतिशत रहेको छ ।

यद्यपि साओमीका डिभाइस सस्तो मूल्यका डिभाइस भएको हुँदा बिक्री संख्याका हिसाबले झण्डै १५ प्रतिशत बजार हिस्सा भएको साओमी आम्दानीको हिसाबले भने केवल १.८ प्रतिशतमा खुम्चिएको छ ।

साओमी पछि फिटबिट कम्पनी तेश्रो स्थानमा छ । यस त्रैमासिकमा गतवर्ष भन्दा २८.१ प्रतिशतको गिरावट बेहोर्नुपरेको भए पनि कम्पनीले तेस्राे स्थानमा अाफूलाई पार्न सफल भएको हो । हालैको भेर्सा ब्राण्डको स्मार्टवाच कम्पनीका लागि निकै फापेको छ । यसका साथै कम्पनीले आफ्नो प्लेटफर्ममा फिमेल हेल्थ ट्रयाकिंग लगायतका नयाँ फिचर थप गरी प्रयोगकर्ताको संख्या थप्न सफल भएको छ ।

अर्को चिनियाँ कम्पनी वावे चौथो स्थानमा छ । कम्पनीका अनर ब्राण्डका स्मार्टवाचका साथै बच्चाका स्मार्टवाच, फिटनेस ट्रयाकर तथा कानमा लगाउने स्मार्ट उपकरण आदिको लोकप्रियताका कारण वावेले गत वर्षभन्दा आफ्नो हिस्सा दोब्बर बनाउन सफल भएको छ ।

त्यस्तै पाँचौ स्थानमा गार्मिन कम्पनी छ र यसको बजार हिस्सा ५ प्रतिशत रहेको छ । म्युजिक प्लेब्याक, गार्मिन पे तथा कनेक्ट आइक्यू प्लाटफर्म जस्ता फिचरका कारण स्मार्टवाचको बजारमा कम्पनीका प्रडक्टले राम्रै उपलब्धी हासिल गरिरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment