Comments Add Comment

मस्ती टकः शिल्पालाई ५ बर्षदेखि मन पराउँछन् पृथ्वी(भिडियो)


नायिका शिल्पा पोखरेललाई दर्शकले एक्सन अवतारमा नै रुचाएका छन् । शिल्पालाई दर्शकले यस्तै भूमिकामा हेर्न चाहने भएकाले पनि उनी यस्तै चलचित्रलाई रोज्ने गर्छिन् ।

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’मा शिल्पा सशस्त्र प्रहरीको भूमिकामा देखिएकी छिन् । शिल्पाले यो चलचित्रमा घोडा र बाँदरको साथमा एक्सन गर्दै गरेको दर्शकले देख्न पाउनेछन् ।

शिल्पा र पृथ्वीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा शिल्पाले आफूलाई दर्शकले एक्सन भूमिकामा रुचाएकाले त्यसमा नै बढी फोकस भएको सुनाइन् । चलचित्र ‘विराङ्गना’ एक बहादुर महिला प्रहरीको कथामा बनेको उनको भनाई थियो ।

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविचको प्रेम सम्बन्धको चर्चा अहिले पनि हुन्छ । तर, शिल्पा अहिले यो बिषयमा कुरा गर्न चाहन्नन् ।

शिल्पासँग ‘मस्ती टक’ गर्ने क्रममा कलाकार पृथ्वीराज प्रसाई धेरै नै छिल्लिए । उनले, शिल्पालाई ५ बर्षदेखि आफूले मन पराएको र उनको पछि लागेको खुलाए । पृथ्वीको यो कुरा सुनेर शिल्पा लाजले भुतुक्कै भएकी थिइन् ।

शिल्पालाई हामीले सोध्यौ, विदेश पुग्दा होटलबाट सामान चोरेर ल्याउनु भएको छ । यसमा शिल्पाले भनिन्-‘मुम्बई पुग्दा लोसन चोरेकी थिएँ ।’ अनी बाथरुममा २ जना नुहाउनु भएको छ, यसमा शिल्पाले भनिन्-‘बहिनीसँग नुहाएकी छु ।’

यता, नायक पृथ्वीराज प्रसाइले चलचित्र ‘विराङ्गना’मा आफू लभर ब्वाइको भूमिकामा रहेको बताए । नायिका शिल्पा पोखरेलसँग काम गर्न सजिलो हुने भएकाले पनि आफूले उनीसँग निरन्तर काम गरेको उनले बताए ।

शिल्पा र पृथ्वीले ‘ओके मस्ती टक’मा निकै रमाइलो गरेका छन् । यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment