बिहीबार, ७ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर लगियो [फोटो फिचर]

Suzuki
विकास श्रेष्ठ

२६ जेठ, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो ।

हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्‍याइएको छ । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । त्यसअनुसार गोरखा लगेर केहीबेरमै फर्काइने  तारा अधिकारीले जानकारी दिए ।

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ ।

तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।

न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।


२०७५ जेठ २६ गते १४:४३ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Suman लेख्नुहुन्छ    |   २०७५ जेठ २६ गते १५:१०

    Get well soon dr. Sab

    20
    0
    Share

  • Prateek लेख्नुहुन्छ    |   २०७५ जेठ २६ गते १५:५०

    कुनै पनि नेपालीले सुन्नै नचाहेको डा. देवकोटा सम्बन्धी यो अप्रिय समाचार सर्वप्रथम लेख्ने परपीडक को हो ? त्यसलाई तत्काल गिरफ्तार गरी हिरासतमा राखियोस् । यति गम्भीर विषयमा ठट्टा गर्ने ?

    45
    6
    Share

  • G thapa लेख्नुहुन्छ    |   २०७५ जेठ २७ गते १०:१४

    mero mato mero chandan tesai bhaneka hoina rahechhan Dr. Devkotale.
    Salute million times.

    8
    0
    Share

  • uday sah लेख्नुहुन्छ    |   २०७५ जेठ २७ गते १०:२७

    Prateek ji ko pratikriya ma dislike grne byakti nai haal machako hunu prxa

    8
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this